काठमाडौं, २४ मंसिर । नेकपा एमाले केन्द्रिय सचिवालयको बैठक सुरु भएको छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा सुरु भएको बैठकमा समानुपातिक सांसदको टुंगो लगाउने विषयमा छलफल हुनेछ ।
एमालेले आजको बैठकबाट समानुपातिकतर्फको ३४ सांसदको टुंगो लगाउँदैछ ।
एमालेले प्रत्यक्षमा ४४ सीट जितेको छ भने समानुपातिक सांसद ३४ जना छुट्याउनुपर्ने छ । निर्वाचन आयोगमा आज ४ बजे अघि नै समानुपातिकको लिस्ट बुझाउनुपर्ने भएकाले अन्य दलहरू पनि छलफलमा जुटेका छन् ।














प्रतिक्रिया दिनुहोस्