जनता टाइम्स

२४ मंसिर २०७९, शनिबार १८:१९

मधेशमा एमालेका ८ समानुपातिक सांसदमध्ये धनुषाबाट मात्रै ५ जना, ४ जिल्ला सून्य


काठमाडौं, मंसिर २४ । नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन हुने मधेश प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ ।

शनिबार बसेको पार्टीको सचिवालय समितिले टुंगो लगाएको नाममा ८ मध्ये ५ जना धनुषाकै छन् । एमाले सचिव रघुबीर महासेठको गृहजिल्ला धनुषाबाट समानुपातिकमा बर्चश्व कायम भएको हो ।

आदिवासी जनजाति

मञ्जुकुमारी थापा मगर, बारा

दलित

पलटीदेवी महरा, धनुषा

मधेसी महिला

पलटीदेवी यादव, धनुषा
फुलकुमारी देवी, धनुषा
विना देवी शर्मा, पर्सा
शिला यादव धनुषा

मधेसी पुरुष

जयचन्द्रपसाद पटेल, रौतहट

मुस्लिम

नाजिमा खातनु, धनुषा