जनता टाइम्स

२६ मंसिर २०७९, सोमबार १६:३४

अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास लोकतन्त्रको उपहास : शेखर कोइराला


काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास लोकतन्त्रको उपहास हुने बताउनुभएको छ ।

व्यक्ति हत्या आरोपमा आजीवन कारवासको सजाय भोगिरहेका रमेश चौधरीसहितलाई आममाफी दिनेगरी सरकारले अध्यादेश ल्याउन तयारी गरेपछि उहाँले सरकारको उक्त कदमले कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु रहेको बताउनुभयो ।

‘अध्यादेश मार्फत कानुन संशोधन गरि अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो,’ उहाँले भन्नुभयो,‘आफू अनुकुलको राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउँने छुट कसैलाई छैन। भोलि यसले गलत नजिर बस्न जान्छ ।’