जाजरकोट, मंसिर २६ । जाजरकोटमा भएको जिप दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ। जिल्लाको छेडागाड नगरपालिका–५ मा आज बेलुका ४ बजेतिर भएको दुर्घटनामा जिपमा सवार ९ जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा मानबहादुर रावल, बीर बहादुर खत्री, जयकुरा बुढा, बीरेन्द्र केसी, नैनसरा अधिकारी, अम्मरबहादुर खड्का, रामबहादुर बुढा, दीपक अधिकारी र देवीसरा बुढा छन्। दुर्घटनामा ३ जना घाइते भएका छन्।
वडा नम्बर ४ स्थित खातीजेवामा भएको विवाहको जन्ती बोकेको कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जिप भीरपाटीमा दुर्घटनामा परेको हो । जिप मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्