जनता टाइम्स

२७ मंसिर २०७९, मंगलवार १२:५०

भ्रष्टाचारविरुद्ध लेख्ने पत्रकारलाई २५ लाखको पुरस्कार दिन्छौं : स्वर्णिम वाग्ले


काठमाडौं, २७ मंसिर । भ्रष्टाचारविरोधी नागरिकहरुको पहलमा २५ लाख बराबरको पत्रकारिता पुरस्कार स्थापना गरिने भएको छ । चर्चित अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले आज भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले २५ लाख रुपैयाँ बराबरको पत्रकारिता पुरस्कार स्थापना हुने जानकारी गराउनुभएको हो ।

‘मुलुकमा फैलिरहेको चरम भ्रष्टाचारको महामारीविरुद्ध तथ्य र प्रमाणमा आधारित अनुसन्धानात्मक पत्रकारितालाई व्यापक प्रोत्साहन गर्ने उद्देश्यसहित केही चिन्तित नागरिककै पहलमा २५ लाख रुपैयाँको पुरस्कार हामी छिट्टै घोषणा गर्दैछौं,’ वाग्लेले सामाजिक सञ्जालमा लेख्नुभएको छ । देशमा व्याप्त भ्रष्टाचार उजागर गरी भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गर्न लागिएको उहाँको भनाइ छ ।