जनता टाइम्स

२७ मंसिर २०७९, मंगलवार २२:३४

दुबईमा बेचिन लागेका २ नेपाली महिलाको भारतीय प्रहरीद्वारा उद्धार


वीरगञ्ज, २७ मंसिर। चितवनबाट एक महिलालाई बोलाएर भारतको जयपुर विमानस्थलस्थित टर्मीनल २ बाट (९४) उडान एस जि ५७ मार्फत दुबई उडाउते तयारी अन्तिम चरणमा थियो ।त्यतिखेरै ति महिलाले आफुलाई फसाएर विदेश लैजान लागेको थाहा पाएपछि शौच जाने बहानामा परिवारलाई ह्वाट्सएपमा कुरा गरेर आफुलाई बचाउन आग्रह गर्नुभयो । भारतीय प्रहरीका अनुसार उहाँले परिवारसँग भन्नुभएको थियो, “मलाई बचाउनुहोस्, मलाई फसाइयो, धम्की दिएर विदेश लग्न लागिएको छ, मलाई हिन्दी भाषा आउँदैन, कहाँ कोसँग सहयोग माग्ने केही थाहा छैन ।”

ति महिलाका परिवारले नेपाल प्रहरीलाई खबर गरे । त्यसलगत्तै नेपाल प्रहरी भारतीय प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनोज कुमार शर्मालाई महिलाको उद्धारका लागि आग्रह गरे ।

त्यस लगत्तै इन्स्पेक्टर शर्माले सक्रियपूर्वक अनुसन्धान थाल्नुभयो । जयपुर प्रहरीसँगै विमानस्थलमा परिचालित सिआइएसएफ, दिल्लीस्थित नेपाली दूतावास र मिसन फाउण्डेशन नाम गैरसरकारी संस्थासँग सम्पर्क गरेर उहाँले उद्धार कामको थालनी गर्नूभयो ।

अनुसन्धानको क्रममा महिलाको फोटो, भिसा, हवाई टिकट, राहदानी प्रतिलिपि आदि सेयर गरिएको खुल्यो । एसएसपी उमा चतुर्वेदी, निर्देशक वीरेन्द्र सिंह र इन्स्पेक्टर मनोज कुमार शर्माले जयपुरका उच्च अधिकारीहरूलाई फोनमा सम्पर्क गरे गर्नुभयो। त्यतिबेला इन्स्पेक्टर शर्मा लखनउमा र एसएसपी उमा चतुर्वेदी दिल्लीमा हुनुहुन्थ्यो । इन्स्पेक्टर शर्माले पुनः सम्पर्क गरी महिलाको सम्भावित स्थानबारे जानकारी गराएपछि केही समयमै ती महिलालाई अर्को नेपाली महिलासहित सीआईएसएफको सतर्कता र जयपुर प्रहरीले उद्धार गरेको इन्स्पेक्टर शर्माले बताउनुभो।

शर्माले महिलाका परिवारलाई जयपुर प्रहरी र शेल्टर होमसँग सम्पर्क गरी उनलाई घर पठाउने प्रक्रिया अघि बढाउनुभयो ,। इन्स्पेक्टर शर्मासँगै एसएसपी उमा चतुर्वेदी, मिशन मुक्ति फाउन्डेशन, नेपाली दूतावास, सीआईएसएफ दिल्ली कन्ट्रोल रुमका इन्स्पेक्टर दिनेश, जयपुर पुलिसका इन्स्पेक्टर दिग्पाल वाईके मीना लगायतको सक्रियतामा ति महिलाको उद्धार सफल भएको हो ।चार दिन अघि पनि इन्स्पेक्टर शर्माकै नेतृत्वमा २ जना नेपाली युवतीको उद्धार गरिएको थियो ।