जनता टाइम्स

२८ मंसिर २०७९, बुधबार १७:५४

पाँचथरमा आगो तापिरहनुभएको वृद्धाको जलेर मृत्यु


फिदिम, २८ मंसिर । घरमा आगलागी हुँदा पाँचथरको फिदिम नगरपालिका१३ लुङरुपाका एक वृद्धाको ज्यान गएको छ । ९१ वर्षीया सुखरानी नेम्वाङको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगो तापिरहेको बेला शरीरमा आगो सल्केर नेम्वाङको आज बिहान ८ बजेतिर निधन भएको हो । वृद्धा घरमा एक्लै बस्दै आउनुभएको थियो ।