जनता टाइम्स

२८ मंसिर २०७९, बुधबार २१:३७

भारतीय अभिनेता विवेक ओबरोय नेपालमा


काठमाडौं, २८ मंसिर । भारतीय अभिनेता विवके ओबरोय परिवारसहित नेपाल आइपुगेका छन् । आज बुधवार बेलुकी ६ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।विमानस्थलमै पत्रकारसँगको कुराकानीमा अभिनेता ओबरोयले पशुपतिनाथ र गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने बताए ।

उनले नेपाल बसाइका क्रममा सगरमाथा र बेस क्याम्प र पोखराको पनि भ्रमण गर्नेछन् । नेपाल आउने रहर पहिले नै भए पनि अहिले समय मिलेको अभिनेता ओबरोयले बताए । नेपाल र भारत उस्ता–उस्तै लाग्ने बताउँदै उनले बालबच्चालाई पनि नेपाल घुम्न ल्याएको जनाए । अभिनेता ओबरोयलाई व्यवसायी पुनम यादवले नेपाली ढाकाटोपी लगाएर स्वागत गर्नुभएको थियो । ओबरोय यादवकै आग्रहमा नेपाल आएका हुन् ।