जनता टाइम्स

२८ मंसिर २०७९, बुधबार २१:५७

आगोले घर जल्दा पाँचथरमा ९१ वर्षीया वृद्धाको ज्यान गयो


काठमाडौं, २८ मंसिर ।  पाँचथरमा घरमा आगलागी हुँदा ९१ वर्षीया वृद्धाको ज्यान गएको छ ।

आज बुधवार आगलागी हुँदा फिदिम नगरपालिका वडा नम्बर १३ लुङरुपाकी सुखरानी नेम्वाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । अँगेनाबाट सल्किएको आगोले घर जल्दा घरमा एक्लै रहेकी नेम्वाङको जलेर ज्यान गएको हो ।