काठमाडौं, १ पुस । कैलालीको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैद सजाय भुक्तान गरिरहेका रेशम चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शन भएको छ । नागरिक उन्मुक्ति पार्टीले आज चौधरीको रिहाइको माग गर्दै प्रदर्शन गरेको हो ।
चौधरीसहितलाई आममाफी दिने उद्देश्यले सरकारले राष्ट्रपतिसमक्ष मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गर्न पेस गरेको छ ।
गत सोमबार सरकारले अध्यादेश पेस गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीले भने जारी गर्नुभएको छैन । उक्त अध्यादेश जारी गराउन दबाब स्वरुप नागरिक उन्मुक्ति पार्टीले काठमाडौंमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले ‘हाम्रो देश राम्रो अध्यादेश’ लेखिएको प्लेकार्ड बोकेका थिए ।













प्रतिक्रिया दिनुहोस्