जनता टाइम्स

१ पुष २०७९, शुक्रबार १८:४३

पोखरामा जीप दुर्घटना, एक जनाको मृत्यु


पोखरा, १ पुस । पोखरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा २५ हेमजामा पर्वतबाट सुन्तला बोकेर आउँदै गरेको ग२च २६८४ नम्बरको बोलेरो जीप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा तनहुँकी ३७ वर्षीय बसन्ती मगरको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा उहाँको मृत्यु भएको कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् । म्याग्दीको मंगला १ घर भइ पोखरा बस्दै आएका गजेन्द्र पुन घाइते भएर गण्डकी मेडिकल कलेजमा उपचार गराइरहनुभएको छ । जीपका चालक फरार रहेको र खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ ।