जनता टाइम्स

२ पुष २०७९, शनिबार १३:५५

विकास निर्माण गर्न मन्त्री नै बन्नु पर्छ भन्ने छैन : कांग्रेस नेता सिंह


काठमाडौं, २ पुस । कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको काम गर्न मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको बताउनुभएको छ । काठमाडौंको शंखमुलमा आज आयोजित कार्यक्रममा उहाँले विकास निर्माणका लागि मन्त्री हुनैपर्ने आवश्यकता नभएको औल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘म जनप्रतिनिधि हुँ । म मन्त्री प्रधानमन्त्री हुँला नहुँला तर जनप्रतिनिधिको पद त मैसँग छ नी । मैले गर्न सक्ने काम त म त्यसैबाट गर्न सक्छु ।’

यद्यपि, प्रधानमन्त्री बन्न सके मुलुककै कायापलट गर्ने आत्मविश्वास आफूमा रहेको बताउनुभयो । प्रधानमन्त्री जनता र आफूले चाहँदैमा बन्न नसक्ने पनि सिंहको भनाइ थियो । उहाँले थप्नुभयो, ‘यो त तपाईंहरूले मात्रै चाहेर पनि हुँदैन । मैलेमात्रै चाहेर पनि हुँदैन । संसदीय दलको निर्वाचन हुँदैछ । त्यसमा निर्भर गर्छ ।’