काठमाडौं, २ पुस । नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदार र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । डिल्लीबजार कारागारमा आज उनीहरूबीच करिब एक घन्टा छलफल भएको बताइएको छ । गच्छदारले रेशमलाई भेटेर सोचेभन्दा परिपक्व भएको पाएको बताउनुभयो ।
उहाँले रेशम चौधरीसँग सहकार्यका लागि आफू तयार रहेको समेत बताउनुभयो । उहाँले थारू छोरालाई जेलमा कोचेको भन्दै सरकारसँग आपत्तिसमेत जनाउनुभयो । उहाँले अध्यादेश प्रमाणीकरण गरेर पीडित थारूहरूको रिहाइ गर्नुपर्ने बताउनुभएको थियो । त्यसका लागि माइतीघर मण्डलामा धर्नामा बस्न आफू तयार रहेको उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्