जनता टाइम्स

२५ श्रावण २०७६, शनिबार ०८:०१

भारतका पूर्ववित्तमन्त्री जेटली आईसीयूमा


 

काठमाडौं , साउन २५ । भारतका पूर्ववित्तमन्त्री एवम् भाजपाका वरिष्ठ नेता अरुण जेटली विरामी भएपछि अस्पताल भर्ना भएका छन् । दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)को आईसीयूमा राखेर उनको उपचार भइरहेको छ ।

स्वासप्रश्वासमा समस्या देखिएपछि जेटलीलाई शनिबार बिहान अस्पताल भर्ना गरिएको हो । एम्स अस्पतालले विज्ञप्ति जारी गरी बिभिन्न विभागका डाक्टरहरुको टोलीले उनको उपचार गरिरहेको जानकारी दिएको छ । साथै उनको अवस्था स्थीर र ब्लड प्रेसर सामान्य छ ।

जेटली अस्पताल भर्ना भएको जानकारी पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदी, स्वास्थ्यमन्त्री हर्षबर्धन उनलाई भेट्न अस्पताल गएका थिए ।

मोदी नेतृत्वको पहिलो सरकारमा ६६ वर्षीय जेट्ली वित्त मन्त्री थिए । वकालत पेशाबाट राजनीतिमा आएका जेट्ली भाजपाका दिग्गज नेताहरुमध्येका एक हुन् । उनी दिल्ली एवं जिल्ला क्रिकेट संघ डीडीसीएको अध्यक्षसमेत भइसकेका उनी हाल राज्यसभाका सांसद छन् ।