धरान, पुस ३ । दलित समुदायलाई होच्याउने गरी ‘चमारे’ शब्द प्रयोग गरेपछि विवादमा तानिएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले माफी माग्नुभएको छ ।
गत मंसिर २८ गते फेसबुक पेजमा पोस्ट गरेको स्टाटसमा दलित समुदायलाई होच्याउने गरी ‘चमारे’शब्द प्रयोग गरेपछि मेयर साम्पाङको चौतर्फी आलोचना भएको थियो ।
दलित र गैरदलित समुदायले पनि कसैलाई अपमान गर्ने गरी त्यस्तो शब्द प्रयोग नगर्न भने पनि उहाँले अटेर गर्दै आउनु भएको थियो । मेयर साम्पाङले आफूलाई जनताले निर्वाचित गरेको भन्दै कसैको घेराबन्दीले केही फरक नपार्ने बताउनु भएको थियो ।
तर राष्ट्रिय दलित आयोगले पनि कारबाही सिफारिस गरेपछि उउहाँले उक्त शब्दलाई लिएर आइतवार वक्तव्य नै निकालेर माफी माग्नुभएको हो ।

ुबिज्ञप्तीमा मेयर साम्पाङले लेख्नुभएको छ, मेरो फेसबुक पेजमा मैले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा ‘चमारे’शब्द अप्रत्यासित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुःख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुःखी बनाएको रहेछ । त्यसका लागि क्षमाप्राथी छु। सधैँ समानताको भावनाका साथ सबै मिलेर देशलाई माथि उठाउन विकृति, विसंगति, बेथिति भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद, शोषण र दमनविरुद्ध लामो समय अभियान चलाएको मेरो इतिहास रहेको सबैमा जानकारी गराउँदै कसैलाई ठेस पुर्याउने नियतवश उक्त स्टाटस पोष्ट नगरेको जानकारी गराउँदछु।













प्रतिक्रिया दिनुहोस्