जनता टाइम्स

४ पुष २०७९, सोमबार १८:५८

खोटाङको बाक्सिला बजारमा भिषण आगलागी


खोटाङ, ४ पुस । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा भिषण आगलागी सुरु भएको छ । आज साँझ बाक्सिला बजारमा आगलागी सुरु भएको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले बताउनुभयो ।

आगलागीमा दिपक गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ, शुभराज राईको घर जलेको छ ।

आगो फैलिन नदिन अहिले जेसिभि र स्काभेटर प्रयोग गरेर अकबर राईको घर भत्काउने काम भइरहेको छ । आगलागीको कारण खुल्न सकेको छैन । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।