काठमाडौं, ५ पुस । पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संसदीय दलमा को उम्मेदवार भन्ने विषयमा छलफल गर्न शेखर-गगन समूहको बैठक सुरु भएको छ ।
होटल एम्बासडरमा केहीबेर अघि बैठक सुरु भएको हो । बैठकमा धनराज गुरुङ, चन्द्र भण्डारी, अर्जुन नरसिंह केसी, मिनेन्द्र रिजाल, बलबहादुर केसी र दिलेन्द्र बडू लगायतका नेता सहभागी छन् ।आजै ११ बजे आफ्नो समूहका अन्य नेताहरुसँग पनि छलफल गर्ने तयारी भएको नेताहरुले बताएका छन् ।













प्रतिक्रिया दिनुहोस्