काठमाडौं, ४ पुस । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र संसदीय दलको नेतामा सबैले सभापति शेरबहादुर देउवाको पक्षमा एकमत हुनुपर्ने बताउनुभएको छ । कांग्रेस दलको कार्यालय सिंहदरबारमा देउवा र महामन्त्री गगन थापाको मनोनयनपछि पत्रकारसँग बोल्दै प्रवक्ता सिंहले पाँच दलीय गठबन्धनलाई अघि बढाउन देउवाको नेतृत्व आवश्यक रहेको उहाँले बताउनुभयो ।
संसदको रक्षा गर्दै गठबन्धनको नेतृत्व गरेर देउवाले तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताउँदै प्रवक्ता महतले पुनः गठबन्धनको गतिशीलता र मुलुकको समृद्धिका लागि देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने बताउनुभयो । उहाँले आगामी प्रधानमन्त्रीबारे पनि दलहरू चाँडै निर्णय हुने बताउनुभएको छ ।
‘हामी गठबन्धनमा छौँ । अलग अलग पार्टी छन् । सबैलाई सत्ताको नेतृत्वमा पुगुम् भन्ने इच्छा हुन्छु,’ उहाँले भन्नुभयो । उहाँले आगामी १० गतेसम्म प्रधानमन्त्रीको उम्मेदवार टुंगो लगाउने बताउनुभयो । महतले अहिले देशलाई जोड्ने नेतृत्व चाहिएकाले देउवा नै दलमा आउने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्