काठमाडौं, ६ पुस । नेकपा माओवादीका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले कांग्रेस संसदीय दलको नेतामा निर्वाचित शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवालाई बधाई दिन शर्मा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका हुन् ।
आज बिहान भएको निर्वाचनमा गगन थापालाई हराउँदै देउवा कांग्रेस संसदीय दलको नेतामा निर्वाचित हुनुभएको छ ।
८९ सदस्यीय कांग्रेस संसदीय दलमा देउवाले ६४ मत ल्याएर नेतामा निर्वाचित हुनुभएको हो । थापाले २५ मत पाउनुभएको थियो । निर्वाचित भएको केही समयमै माओवादी नेता शर्मा देउवालई बधाई दिन बालुवाटार पुग्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्