जनता टाइम्स

६ पुष २०७९, बुधबार १५:४३

महानगरले भत्कायो धोबीखोला करिडोर क्षेत्रका अवैध संरचना


काठमाडौं, ६ पुस । काठमाडौं महानगरले आज पनि अवैध संरचनामाथि डोजर चलाएको छ । अनामनगरको देवीनगरस्थित धोबीखोला करिडोर क्षेत्रमा बनाइएका अवैध संरचनामा महानगरले आज डोजर चलाएको हो ।

सरकारी जग्गा कब्जा गरी अवैध रूपमा बनाइएका संरचनामा डोजरमा डोजर चलाएको महानगरले जनाएको छ । महानगरले गत १ साउनमा पूर्व सूचना दिएर भत्काउन भनेका संरचना अटेर गरी नभत्काएको भन्दै डोजर समेत महानगरले बताएको छ ।