काठमाडौं, ७ पुस । प्रतिनिधिसभामा स्वतन्त्र सांसद किरण साहले संस्कृत भाषामा सपथ लिनुभएको छ । मातृभाषामा सपथ लिनका लागि संसद सचिवालयले आह्वान गरेपछि रौतहट–२ बाट निर्वाचित स्वतन्त्र सांसद साहले संस्कृत भाषामा सपथ लिनुभएको हो ।
नेपालको संसदीय इतिहासमा संस्कृत भाषामा सपथ लिने साह सम्भवतः पहिलो र एक मात्र सांसद हो । सपथ ग्रहण समारोहमा भाग लिनुअघि उहाँ पशुपतिनाथको दर्शन गर्न पुग्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्