जनता टाइम्स

७ पुष २०७९, बिहीबार १६:५९

सांसदको शपथ नलिएका महेन्द्रराय सिंहदरबारको बैठकमा


काठमाडौं, ७ पुस । प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण समारोहमा सहभागी नभएको महेन्द्रराय यादव नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा देखापर्नुभएको छ । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको र हितराज पाण्डेलाई प्रमुख सचेतक बनाउने निर्णयलाई अनुमोदन गर्न बसेको संसदीय दलको बैठकमा राय देखिनुभएको हो ।

सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बसेको बैठकमा उहाँ सहभागी हुनुभएको हो ।

सर्लाही–२ मा लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई हराउँदै प्रतिनिधिसभामा विजयी हुनुभएको हो । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता भए पनि माओवादी केन्द्रको हसियाँ हथौडा चुनाव चिह्न लिएर विजयी हुनुभएको थियो । रायले भोली प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।