काठमाडौं, ८ पुस । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट सुनको पेटी (बेल्ट)सहित सुडानी युवक पक्राउ परेका छन् । दुवईको फ्लाइटबाट आएका सुडानी युवकलाई आज दिउँसो २ बजेर १५ मिनेट विमानस्थालमा भन्सारको टोलीले १९ केजी सुनको बेल्टसहित पक्राउ गरेको हो ।
सुडानी युवकले १९ केजीको सुनको पेटी बनाएर ल्याएको भन्सार कार्यालयका भन्सार अधिकृत अम्विकाप्रसाद खनालले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बेल्ट जस्तो बनाएर सुडानी नागरिकले १९ केजी सुन ल्याएका रहेछन् । हेर्दा पहेलो र गह्रौ भएकाले सुन नै हो भन्न सकिन्छ । प्रक्रिया अनुसार हामीले अब ल्यावमा चेक गर्नेछौं ।’ पक्राउ परेका २७ वर्षीय सुडानी युवकले १९ केजी सुनको पेटी बनाइ लगाएर आएका थिए ।













प्रतिक्रिया दिनुहोस्