काठमाडौं, पुस ९ । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । नयाँ सरकार गठन र सत्तासमीकरणबारे छलफल गर्न बैठक बसेको हो ।
राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तीका लागि दिनुभएको समयसीमा सकिन एक दिन बाँकी रहँदा सत्तारुढ गठबन्धन बैठक बसेको हो । गठबन्धनमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड दुवैले प्रधानमन्त्रीको दावी नछाडेपछि सहमति जुटन सकेको छैन ।
आजको बैठकले यस बिषयमा छलफल गरी निचोड निकाल्ने बताइएको छ । बैठक अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छुट्टै छलफल भएको थियो ।
यसअघि आजै बिहान कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष प्रचण्डलाई खुमलटारमै पुगेर भेटनुभएको थियो । भेटमा प्रचण्डले प्रधानमन्त्री नपाए गठबन्धन नै तोडेर एमालेसँग मिल्ने धम्की दिएपछि प्रधानमन्त्रीले गठबन्धनको बैठक बोलाउनु भएको हो ।














प्रतिक्रिया दिनुहोस्