जनता टाइम्स

१० पुष २०७९, आईतवार १३:०८

वालुवाटारमा झलनाथ खनालको ईन्ट्रि


काठमाडौं, १० पुस । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री निवास वालुवाटार पुग्नुभएको छ । नयाँ सरकार निर्माणका लागि सत्ता गठबन्धनमा सहमति जुटाउन खनाल वालुवाटार पुग्नुभएको हो ।

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल छलफलमा छन् ।

राष्ट्रपतिले नयाँ सरकार निर्माणको लागि दिएको समयमा आज साँझ ५ बजे सकिँदैछ । गठबन्धनमा सरकारको प्रधानमन्त्री पदमा माओवादी र कांग्रेसको दाबीका कारण सहमति हुन सकेको छैन ।