काठमाडौं, १० पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट च्युत गर्न बनेको गठबन्धन अन्ततः सोही प्रधानमन्त्री पदकै हानाथाप भएर भत्किएको छ । प्रधानमन्त्री आफूले पाउनु पर्ने दावीबाट शेरबहादुर देउवा र प्रचण्ड दुवै टसकामस नभएपछि गठबन्धन भत्किएको हो । आइतबार (आज) बिहानसम्म सरकार बनाउने खेलको दर्शक मात्र बनेको एमाले आइतबार मध्यान्ह नहुँदै प्रमुख खेलाडी बन्न पुगेको छ ।
गठबन्धन भत्किएसंगै अब भत्काएको दोष काँग्रेसले माओवादीलाई र माओवादीले काँग्रेसलाई लगाइरहेका छन् । काँग्रेस नेता रामचन्द्र पौडेलले प्रचण्डको उच्च महत्वाकांक्षा र एकोहोरो ढिपीका कारण गठबन्धन टुटेको बताउनुभएको छ भने प्रचण्डले काँग्रेसले जानेरै गठबन्धन टुटाएको बताउनु भएको छ ।
एक माओवादी नेताकाअनुसार ‘माओवादीलाई सरकारवाहिर राखेर द्वन्द्वकालीन मुद्दा ब्यूताएर समाप्त पार्ने खेल लुकेको रहेछ ।’













प्रतिक्रिया दिनुहोस्