जनता टाइम्स

१० पुष २०७९, आईतवार १५:५८

एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कार्की


विराटनगर, १० पुस । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कुमार कार्की सर्वसम्मत चयन भएका छन् । आज बसेको बैठकले कार्कीलाई सर्वसहमत चयन गरिएको एमाले प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले जानकारी दिनुभयो ।

एमाले प्रदेशसभा सदस्य तिलकुमार नेम्बङ्को प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्कीलाई दलको नेता चयन गरिएको हो । तिलकुमार पनि संसदीय दलको नेतामा आकांक्षी थिए । उहाँले कार्कीलाई प्रस्ताव गर्नुभएको हो ।