जनता टाइम्स

२६ श्रावण २०७६, आईतवार १०:३८

एनआरएन जापानको नेतृत्व लिन अग्रसर भए संघर्षशील शिव पौडेल


जापान, साउन २६ । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा समाजसेवी शिवप्रसाद पौडेलले उम्मेद्वारी घोषणा गर्नुभएको छ । पौडेलले आफ्नो सात बुँदे प्रतिवद्धतासहित अध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभएको हो । संघर्षशील एवै जिम्मा लिएको काम पूरा गर्ने छवी बनाउनु भएका पौडेलले एनआरएनए जापानलाई सवैको साझा संस्था बनाउने मुख्य लक्ष्य राख्नुभएको छ ।

को हुन शिव ? उहाँकै शब्दमा

बाल्यकालमा घाँसदाउरा देखि मेलापात सबै गरें । त्यो मेरो पारिवारिक जिम्मेवारी थियो । अध्ययनकै सिलसिलामा विवाह र सन्तान भए । उनीहरुको आवश्यकता पुरा र संरक्षणको लागि परदेश पसें । त्यो त्यतीखेरको आवश्यकता र विकल्प थियो । मैंले ती सबै पारिवारिक जिम्मेवारी पुरा गरेको छु । परदेश पशेपछि जीवनकै अर्को सघर्ष सुरु भयो । यसलाई अवसर अघिको चुनौती ठानें । कडा संघर्ष, अथक मेहनत र निरन्तरको लगावबाट केही सफलता हात पारें ।

पौडेलका अनुसार मैंले पाएको सफलताबाट अरुको दुखमा पनि हाँसो मिसियोस् भन्न कास्की पोखरा समाजको नेतृत्व सम्हालें । जापानमा रहनुभएका पोखरेली सहित सबै नेपालीको साथले मैंले समाजलाई आर्थिक रुपमा सबल, जापानभर छरिएर रहनुभएका पोखरेलीहरुको साझा संस्था बनाउँदै यसलाई विस्तार अभियान थाल्न सकें । त्यो मेरो कर्मथलो प्रतिको कर्म थियो । जापानमा भएका दुखद घटना, समस्यामा परेका नेपाली, सांस्कृतीक कार्यक्रम एवं चाडपर्व र उत्सवहरु सबैमा सबैलाई मैंले सकेको सहयोग र सहकार्य गरेको छु ।

संभवत जापानमा विशेषगरि टोकियोमा हुने यस्ता कार्यक्रममा नीजि संस्थाको तर्फबाट मैंले नै धेरै सहकार्य गरिरहेको छु होला । यसको अर्थ मैंले धेरै गरें भन्न खोजेको होईन, मैंले कमाएको आर्जनबाट अरुको पनि काम र कर्ममा सहकार्य गरेर खुसी साट्न सकौं भन्ने कामना मात्र हो । गैर आवासीय नेपाली संघमा भलै मेरो सक्रिय उपस्थिति भएको केही बर्षमात्र भयो होला । तर सन् २००६ मा एनआरएनए जापानको स्थापनाकालमा राजन प्रधानांगलाई संस्थापक अध्यक्ष चयन देखी मैंले एनआरएनए जापानका हरेक कार्यक्रममा उपस्थिति र सहयोग गर्दै आएको छु । सन् २००८ मा मेगुरो कुमिन सेन्टरमा भवन भट्ट जी अध्यक्षमा चयन हुनुभएको अधिवेशन होस् वा सन् २०१० मा रोशन केसी अध्यक्ष चयन हुनुभएको समय सबै घटनाको म साक्षी छु ।

सन् २०११ मा ओम गुरुगं अध्यक्षमा चयन हुनुहुँदा होस् वा पारसमणी पोखरलको सन् २०१३ २०१५ नेतृत्व समय, त्यसपछिको सुदन थापाको नेतृत्वमा समेत मैंले एनआरएनए जापानको सबै कार्यक्रममा सक्दो आर्थिक सहयोग र सक्रिय सहभागीता जनाएको थिएं । अहिले टासीवांग्दी लामाको अध्यक्ष कार्यकालमा त म उपाध्यक्षको रुपमा रहेको छँदैछु ।

नेपालमा गएको बिनाशकारी भूकम्पमा मात्र होईन सन् २०११ मा जापानमा गएको बिनाशकारी भूकम्पको समयमा समेत मैंले व्यक्तिगत तर्फ सकेको आर्थिक सहयोग सहित प्रभावित क्षेत्रमा नै पुगेर राहत र उद्दारमा सक्रिय सहभागीता जनाएको थिएं । जापानको कुमामोतो भूकम्पमा नेपाली समुदाय तथा एनआरएनएबाट गरिएको सहयोगमा होस् वा एनआरएनए जापान तथा व्यक्तिगत रुपमा मकहाँ समस्या लिएर आउने तथा दुखमा परेका सबैलाई समस्या समाधान गर्न आर्थिक सहयोग सहित सक्दो परामर्श गरिरहेको छु ।

जापानमा नेपालीको परिचय बनेको एनआरएनए जापानको अग्रसरतामा आयोजना भईरहेको नेपाल फेस्टिवलमा उपाध्यक्षको रुपमा यसपटक मात्र होईन अघिल्लो पटक समेत मैंले कार्यसमितिका सदस्य सरहनै अहोरात्र खटेर काम गरेको छु । फेस्टिवल सफल बनाउन मैंले गरेको मेहनत देखेर सबैले मेरो कामको प्रशंसा र धन्यवाद दिएका छन् । यसको अर्थ कुनैपनि मानेमा मैंले पाएको जिम्मेवारी मात्र होईन अतिरिक्त जिम्मेवारी बोध गरेर नेपाल र नेपालीको सानको लागि मैंले कामगर्न कुनै कसर बाँकी राखेको छैन ।

समग्रमा मैंले उपाध्यक्षको रुपमा एनआरएनए जापानको कार्यसमितिमा रहेर मलाई सुम्पेको सबै जिम्मेवारी समयमै पुरा गरेको छु । मलाई सुम्पिएको जिम्मेवारी पुरा मात्र होईन एनआरएनए जापानले यो कार्यकालमा गरेका सबै कार्यक्रममा मैंले उपस्थिति मात्र जनाएको छैनकि सकेको आर्थिक सहयोग समेत गरेको छु ।

एनआरएनए जापानको उपाध्यक्षको रुपमा सन् २०१७ ०१९ मा मैंले जुन रुपमा सबैभन्दा बढी लोकप्रिय मत पाएर उपाध्यक्षमा जीतें त्यो जनमतलाई कहिल्यै आँच आउन दिईन । मैंले मेरो काँधमा आएको जिम्मेवारी सफलतापूवर्क समयमै पुरा गरेको छु । मलाई विश्वास छ मलाई मत दिनुहुने सबै जापानवासी नेपालीहरु मेरो कामबाट खुशी र सन्तुष्ट हुनुहुन्छ । किनभने मैंले कुनैपनि विवादीत वा जापानवासी नेपालीहरुको भावनामा ठेस पुग्ने काम गरेको छैन ।

अबको मेरो अभियान एनआरएनए जापानमा जापानवासी नेपालीको अपनत्व

एनआरएनए जापानमा जापानवासी नेपालीहरुको अपनत्वको विषय अहिले सबैभन्दा गहन रुपमा उठेको विषय हो ।
अबको मेरो नेतृत्व कार्यकालमा म सबैभन्दा बढी यसमा आफ्नो ध्यान केन्द्रित गर्नेछु । एनआरएनए जापानको आर्थिक सहित सबै कामको पारदर्शीता मेरो अर्को महत्वपूर्ण कार्य योजना हो ।

जापानमा रहेका राजनीतिक तथा अन्य सामाजिक संघसंस्थाको सम्वन्ध थप मझबुद बनाउन आवश्यक भईसकेको छ । यसको कमिका कारण अहिले एनआरएनए जापान र अन्य संघसंस्थाबिच महत्वपूर्ण विषय र घटनाक्रममा उपयुक्त तालमेल भएर काम भईराखेको छैन । जुन मेरो कार्यकालमा मैंले गर्ने जिम्मेवारी ठानेको छु ।

जापानमा रहेका फुटबल, फुटसल, भलिवल, किक बक्सिगं, बक्सिगं जस्ता खेल, संस्था र खेलाडीहरुलाई एनआरएनए जापानको तर्फबाट सहयोग आवश्यक देखिन्छ ।

नेपालमानै खेल क्षेत्रमा सक्रिय रहेर अध्ययन तथा रोजगारको क्रममा जापान आईपुग्नु भएका उहाँहरुको क्षमता र रुचिलाई अघि बढाएर देशको लागि प्रतिभा फुल्ने अवसर अब एनआरएनए जापानले प्रदान गर्नेछ ।

जापानमा रहेका नेपाली समुदायमा त्यति चर्चा नभएको र एकदमै महत्वपूर्ण ठूलो विषय हो नेपाल र जापानबिच सामाजिक सुरक्षा सम्झौताको विषय । यसमा पहल गरेर नतिजा निकाल्न सकियो भने जापानमा लामो समय काम गरेर स्वदेश फर्कनुहुने नेपालीहरुले पेन्सनको रुपमा नियमीत उपदान रकम पाउनसक्नुहुन्छ । तर यसको लागि नेपालले पहल गर्नु आवश्यक छ । त्यसको लागि एनआरएनए जापानले अब पहलकदमी लिनेछ ।

यो सम्झौता भएमा जापानमा १० बर्षभन्दा बढी समय काम गरेका नेपालीहरुले नेपाल फर्केपनि आजिवन उपदान पाउँनेछन् ।

नेपालको राष्ट्रियता, राष्ट्रिय पहिचान, धर्म, संस्कृती र एकता प्रवद्र्धनको लागि ठोस कार्यक्रम अत्यावश्यक भईसकेको छ ।

यस्तो छ प्रतिवद्धता

आदरणीय जापानवासी आमा-बुवा, दाजु भाई, दिदी(बहिनी तथा सम्पुर्ण मित्रहरुमा नमस्कार १

‘इमान्दार, समझदार र समाज प्रति जिम्मेवारी वहनका लागि लागि मेरो उम्मेदवारी’

एनआरएनए जापानले आयोजना गरेका हरेक कार्यक्रममा सक्रिय उपस्थिति र जिम्मेवारी बहन । आगामी कार्यकालका निम्ति मेरो योजनाहरुस्

१. गैरआवासीय नेपाली संगठन जापानमा एक साधारण व्यक्ति पनि सहभागी हुन सक्छ भन्ने अपनत्व महसुस हुने संगठन निर्माणका निम्ति ।

२. जापानभारी रहेका राजनैतिक र सामाजिक संस्थासंग सुमधुर सम्बन्ध राखी हातेमालो गर्दै अगाडि बढ्न ।

३. क्षेत्रीय कमिटिसँग समन्वय गरि विभिन्न चेतनामुलक र सास्कृतिक गर्ने र कोष व्रिध्दिको निम्ती पहल गर्ने ।

४. नेपालि उत्पादन र सस्क्रीतीलाई जापानमा प्रवर्धन गर्न प्रयास गर्ने ।

५. नेपालमा पर्यटन क्षेत्रको विकाश गर्नको निम्ती जापानीलाई नेपाल भित्र्याउने अभियान चलाउने ।

६. युवाका लागी खेलकुद मा बिशेष पहल गर्नै छु ।

७. विद्यार्थी, कुक र व्यवसायीका समस्यालाई बुझेर समाधान तर्फ अग्रणी भूमिका निभाउने ।

सहयोग र साथको अपेक्षा राख्दछु । धन्यवाद ।