काठमाडौं, १० पुस । एमाले अध्यक्ष केपी शर्मा र पुष्पकमल दाहाल प्रचण्ड ओली निवासको बार्दलीबाट हात हल्लाएर आफ्ना नेता तथा कार्यकर्तालाई अभिवादन गर्नुभएको छ । प्रधानमन्त्रीबाट हटेपछि ओलीले आफ्नो निवासको बार्दलीबाट हात हल्लाएको विषयलाई राजनीतिमा व्यंग्यको विषय बनाएका प्रचण्ड आइतबार स्वयं आफैंले सोही स्थानबाट हात हल्लाउनु भएको हो ।
ओली निवासमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । उक्त सहमतिपछि ओली र प्रचण्ड बार्दलीमा पुगेर हात हल्लाएर अभिवादन गर्नुभएको हो । एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टीबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । १६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलका शीर्षनेताहरु राष्ट्रपति कार्यालय जानुभएको छ ।













प्रतिक्रिया दिनुहोस्