काठमाडौं, पुस १० । सरकार निर्माणमा दावी गर्न नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन ।
राष्ट्रपति कार्यालयले माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव सहित प्रतिनिधिसभाका बहुमत सदस्यहरुको पत्र दर्ता भएको जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रेस विज्ञ टीका ढकालका अनुसार, माओवादी केन्द्र सहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका सांसदहरुको हस्ताक्षर सहितको पत्र आइपुगेको हो । जनता समाजवादी पार्टीको पत्र पनि केहीबेरमा आइपुग्ने जानकारी गराएको छ ।
‘पत्रसहित सम्बन्धित नेताहरु आउने क्रम शुरु भएको छ, पत्र हेरेपछि राष्ट्रपतिज्यूले केही न केही निर्णय गर्नुहुनेछ । सम्भवतः ५ बजेभित्र केही विज्ञप्ति आउला,’ ढकालले भन्नुभयो । प्रधानमन्त्रीको नियुक्ति र शपथ ग्रहण त्यसपछि तय हुने उहाँले बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्