काठमाडौं, ११ पुस । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्ने बताउनुभएको छ ।सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया लेख्दै उहाँले देउवाले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने चेतावनी पनि दिनुभएको छ ।
ने.का. सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्छ। हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ । राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइनेछ उहाँले लेख्नुभएको छ। नेतृत्वको अपरिपक्क निर्णय र अडानका कारण गठबन्धन टुटेको भन्दै कांग्रेसभित्र देउवाको आलोचना भइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्