काठमाडौं, पुस ११ । नवनियुक्त प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दौरा सुरुवाल लगाएर पदतथा गोपनीयताको शपथ ग्रहण गर्ने तयारी गर्नुभएको छ ।
पारिवारिक श्रोतका अनुसार प्रचण्डले आइतबारै नापो लिएर दौरा सुरुवालसिलाउन पठाउनु भएको छ ।
स्रोतका अनुसार सोह्रखुट्टेस्थित एक टेलरिङ सेन्टरमा दौरा सुरुवाल सिलाउन दिइएको छ । प्रचण्डले दौरा सुरुवाल लगाएकोअहिलेसम्म देखिएको छैन । उहाँले प्रायः सुट लगाउने गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्