काठमाडौं, ११ पुस ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजै बालुवाटार छोड्ने तयारी गर्नुभएको छ ।
निवर्तमान प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको शपथ लिनु अघि नै बालुवाटार छोड्ने तयारी गर्नुभएको हो ।
देउवाले आज दिउँसो बालुवाटार छाड्नु हुने छ भने अपराह्न ४ बजे प्रचण्डले शपथ लिनुहुने छ। शपथ ग्रहणसँगै प्रचण्ड बालुवाटार प्रवेश गर्नुहुने छ । बालुवाटारमा प्रधानमन्त्रीको सरकारी निवास निवास छ ।
प्रचण्ड कांग्रेससँगको सहकार्यलाई तोड्दै प्रधानमन्त्री बन्नुभएको हो । राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा सो भन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दावी गर्ने दलहरूलाई आग्रह गर्नुभएको थियो । सोअनुसार एमालेसहित सात दलको १६९ सासंदको समर्थनमा नेपालको ४४ औं प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त हुनुभएको हो ।
उहाँले अबको एक महिनाभित्रमा प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।













प्रतिक्रिया दिनुहोस्