काठमाडौं, ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री दाहालसँगै ७ जना मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाउनुभएको हो । शपथ ग्रहणमा सहभागी हुन उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सनालगायत प्रमुख दलका शीर्ष नेताहरु आउनुभएको थियो ।
शपथ ग्रहण कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि पुग्नुभएको थियो । एमाले अध्यक्ष ओली र एसका अध्यक्ष नेपालसँगै बस्नुभएको थियो । पार्टी विभाजन भएसँगै उहाँहरु सँगै देखिनुभएको थिएन । निवर्तमान प्रधानमन्त्री देउवा शपथ ग्रहण नसकिँदै बाहिरिनुभयो ।















प्रतिक्रिया दिनुहोस्