जनता टाइम्स

११ पुष २०७९, सोमबार १८:०४

निर्मला पन्तलाई न्याय दिन पहल गर्छु : गृहमन्त्री लामिछाने


काठमाडौं, पुस ११ । नवनियुक्त गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिन पहल गर्ने बताउनु भएको छ ।

राष्ट्रपति भवन शितलनिवासमा सपथ ग्रहणपछि सिंहदरबारमा पुगेर कार्यभार सम्हाले लगत्तै गृहमन्त्री लामिछानेले निर्मला पन्तलाई न्याय दिनको लागि पहल गर्ने निर्णय गरेको बताउनु भयो ।

सञ्चारकर्मीका रुपमा कार्यरत रहँदा लामिछानेले पन्तको हत्याको बिषयमा निकै लामो समय फलोअप गर्नुभएको थियो भने हत्यामा संलग्नहरुको नाम समेत सार्वजनिक गर्नुभएको थियो । गृहमन्त्रीको रुपमा सपथपछि उहाँले पन्तकै हत्यामा चासो राख्नुभएको हो ।