खोटाङ १२ पुस । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको दावी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालिन तीन वडासचिव विरुद्ध आरोप–पत्र दायर गरेको छ । सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको दावी सहित परेको उजुरीका आधारमा अख्तियारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका तत्कालिन वडा सचिव मोहनप्रसाद आचार्य, जानुका श्रेष्ठ र पवन श्रेष्ठ विरुद्ध कसुर सजाय र विगो असुलउपरको मागदावी सहित सोमबार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको हो ।
तीन जना विरुद्ध २०७४र०७५ र २०७५र०७६ मा सामाजिक सुरक्षाभत्ता वितरणमा दोहोरो पर्नेगरी, मानिस नै नभएको, मृत्यु भइसकेको, अभिलेख नै नभएको तथा बसाईसराई गरी अन्यत्र गएका व्यक्तिको समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको भरपाई बनाएर हिनामिना गरेको उजुरी परेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
आर्थिक वर्ष २०७४र०७५ को पहिलो चौमासिक किस्तामा नौ जना लाभग्राहीको नाम देखाएर ५५ हजार २०० हिनामिना गरेको दावी सहित आचार्य उपर सो रकम बिगो कायम गरी असुल उपर गर्न माग दावी गरिएको छ ।
यस्तै, जानुकाबाट आर्थिक वर्ष २०७४र०७५ को दोश्रो किस्तादेखि आर्थिक वर्ष २०७५र०७६ को दोश्रो किस्तासम्ममा ३० जनाको नाममा झिकेर हिनामिना भएको एक लाख ७७ हजार ६०० रुपैयाँ सामाजिक सुरक्षा भत्ता असुलउपर गर्न दावी गरिएको छ । पवनमाथि आर्थिक वर्ष २०७५र०७६ को तेश्रो किस्तामा सात जनाको नाममा निकासा गरिएको ३५ हजार २०० रुपैयाँ सामाजिक सुरक्षाभत्ता हिनामिना गरेको आरोप छ ।













प्रतिक्रिया दिनुहोस्