जनता टाइम्स

१२ पुस २०७९, मंगलबार १७:३७

संघीय संसदको अधिवेशन आह्वान, २५ पुसमा बैठक बस्ने


काठमाडौं, १२ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

सरकारको सिफारिसमा आज उहाँले यही पुस २५ गते सोमबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्नेगरी दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।