जनता टाइम्स

१३ पुष २०७९, बुधबार ११:१२

पुटिनका १० विरोधीको रहस्यमय मृत्यु, कोही झ्यालबाट खसे, कोही झुण्डिए


एजेन्सी, १३ पुस । रुस र युक्रेनबीच गत फेब्रुअरी २४ मा युद्ध सुरु भएदेखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका १० कट्टर आलोचकको रहस्यमय मृत्यु भएको छ ।
भर्खरै रुसी व्यापार व्यवसायी पावेल एन्टोनोभको शव भारतको ओडिशा राज्यको एक होटलमा भेटिएको थियो । एन्टोनोभ एक सॉसेज टाइकुन थिए र आफ्नो ७५ औं जन्मदिन मनाउन भारत आएका थिए ।

ओडिशाको रायगडमा रहेको पाँचतारे होटलको झ्यालबाट खसेर भएको उनको मृत्युले धेरै प्रश्न खडा गरेको छ । एन्टोनोभ, मस्कोको पूर्वमा रहेको भ्लादिमिर सहरको प्रख्यात नाम हो । उनले पुटिनको युक्रेन आक्रमणको विरोध गरेका थिए । उनले मासु कम्पनी भ्लादिमिर स्ट्यान्डर्ड सुरु गरेका थिए ।

एन्टोनोभको मृत्युले धेरै प्रश्नहरू खडा गरेको छ। यसअघि, धेरै प्रतिष्ठित रूसी नागरिकहरूको रहस्यमय मृत्युले पुटिनलाई प्रश्नको घेरामा राखेको छ।

एन्टोभको गल्ती के थियो ?
जुनमा, एन्टोनोभले युक्रेनमा मिसाइल आक्रमणको आफ्नै तरिकाले विरोध गरेका थिए। एन्टोभले व्हाट्सएपमा सन्देश पठाएर विरोध गरेका थिए । युक्रेनको राजधानी कीभअन्तर्गत शेभचेन्किभ्स्की जिल्लामा भएको मिसाइल आक्रमणमा सात वर्षीया बालिका र उनकी आमा घाइते भएका थिए । त्यहाँ एकजना अर्का व्यक्तिको पनि मृत्यु भएको थियो जसलाई ती बालिकाको पिता मानिएको थियो। आक्रमणबाट दुखी हुँदै एन्टोनोभले लेखे, ‘एउटा बालकलाई भग्नावशेषबाट निकालिएको छ । बालकको बाबुको मृत्यु भएको देखिन्छ । उनकी आमालाई क्रेनले बाहिर निकालियो । उनी ढुङ्गामुनि गाडिएकी थिइन्।’ यसपछि उनले लेखेका छन्, ‘इमानदारीपूर्वक भन्नुपर्दा यसलाई आतंकवादबाहेक अरू केही भन्न गाह्रो छ।’

सबैभन्दा धनी सांसद
एन्टोनोभले छतबाट हाम फालेको भनिएको छ, तर रुसी अधिकारीहरूले उनी झ्यालबाट खसेको विश्वास गर्छन् । एन्टोनोभ सन् २०१९ मा रुसका सबैभन्दा धनी सांसद थिए । यसअघि उनका साथी भ्लादिमिर बुडानोभको शव पनि सोही होटलमा भेटिएको थियो । बुडानोभको मृत्यु स्ट्रोकका कारण भएको बताइएको छ । एन्टोभ कृषि नीति र वातावरण समितिको प्रमुख पनि थिए ।

एन्टोभको व्हाट्सएप सन्देश युक्रेनमा विशेष सैन्य कारबाहीको बिरूद्ध विरोध भएको मानिन्छ । तर, उनले यो म्यासेज आफ्नो म्यानेजरले भूलवश पोस्ट गरेको बताएका थिए ।

आफैलाई गोली हाने
एन्टोनोभ बाहेक ५२ वर्षीय पावेल चेल्निकोभको शव पनि मस्कोस्थित उनको अपार्टमेन्टमा भेटिएको थियो । गोली लागेर उनको मृत्यु भएको थियो ।चेल्निकोभले आफैलाई गोली हानेको रुसी मिडियाले दाबी गरेको छ । चेल्निकोभ सरकारी रेलवे कम्पनीमा अफिसर थिए ।

मृत्यु हुनुभन्दा केही दिनअघि उनले परिवारसँग छुट्टी मनाएको तस्बिर सेयर गरेका थिए । यस्तो अवस्थामा उनको आत्महत्याको खबर आएपछि सबै स्तब्ध भएका थिए । रुसको रेलमार्गमा पुटिन सरकारको धेरै दबाब रहेको बताइएको छ ।

रुसी मिडियाका अनुसार रेलवेले युक्रेनी ह्याकरहरूबाट आफूलाई बचाउन सकेन र यस्तो अवस्थामा उसले आफ्नो नेटवर्क बन्द गर्नुपरेको थियो । जसका कारण युद्धकालमा अत्यावश्यक वस्तुको आपूर्तिमा ठूलो असर परेको थियो । फेब्रुअरी २७ मा, यो कम्पनी युरोपेली संघ (इयु) द्वारा प्रतिबन्धित भएको थियो।

अधिकारी सीढीबाट खसे
चेल्निकोभको मृत्यु हुनुभन्दा केही साताअघि पुटिनको नजिकका अनातोली गेराश्चेन्को विमानको सिँढीहरू ओर्लँदै गर्दा मारिएका थिए । रिपोर्टका अनुसार ७३ वर्षीय गेराश्चेन्को, जो एक उड्डयन प्रमुख पनि थिए, मस्को एभिएसन इन्स्टिच्युट (एमएआई) को धेरै सीढीबाट तल खसेका थिए । लडेलगत्तै उनको मृत्यु भएको बताइएको छ ।

गेराश्चेन्कोको बारेमा भनिएको थियो कि केही वर्ष पहिले उनी राष्ट्रपति पुटिनको नजिककाको लिष्टबाट निकालिएका थिए। जसका कारण उनले सात वर्षअघि रेक्टरको पद छाड्नुपरेको थियो । सेप्टेम्बरमा, रूसका लागि आर्कटिक स्रोतहरू विकास गर्ने पुटिनको नजिकका इभान पेचोरिनको मृत्युलाई पनि धेरै रहस्यमय मानिएको थियो । २९ वर्षीय पेचोरिन डुङ्गाबाट खसेर मृत्यु भएको थियो । पेचोरिन त्यो व्यक्ति थिए जसले रुसका लागि आर्कटिकमा धेरै स्रोतहरू पत्ता लगाएका थिए ।

ग्यारेजमा शव फेला
त्यसैगरी रुसका तेल व्यवसायी रविल म्याग्नाभको पनि रहस्यमयी मृत्यु भएको थियो । ६४ वर्षीय म्याग्नाभ रुसी तेल कम्पनी लाकोइलका प्रमुख थिए ।मस्कोको केन्द्रीय क्लिनिक अस्पतालबाट लडेर भएको उनको मृत्युले सबैलाई स्तब्ध बनाएको थियो।

अस्पतालको छैठौं तलाबाट खसेका म्याग्नाभको मृत्युलाई निकै रहस्यमय मानिएको थियो । फेब्रुअरी २५ मा, युक्रेन युद्ध सुरु भएको एक दिन पछि, रूसी ग्याँस कम्पनी ग्यासप्रोमका एक वरिष्ठ उपमहानिर्देशक रैंक अधिकारी अलेक्जेंडर टायुलाकोभको शव उनको प्रेमिले फेला पारेकी थिइन् । ६१ वर्षीय अलेक्जेन्डरको शव उनको घरको ग्यारेजमा फेला परेको थियो ।

गोली हानेर मारिए
अलेक्जेंडरको मृत्युको तीन हप्ता अघि, ६० वर्षीय लियोनिद शुलम्यानको शव लेनिनग्राद क्षेत्रको अर्को अभिजात क्षेत्रमा फेला परेको थियो। उनी ग्याप्रोम इनवेष्ट मा यातायात प्रमुख थिए । शुल्मनको शव बाथरूममा फेला परेको थियो र उनीमाथि पटक पटक आक्रमण भएको थियो । त्यसैगरी, गाजप्रोम्बाङ्कका उपाध्यक्ष ५१ वर्षीय भ्लादिस्लाव अवायेभलाई उनको मस्कोस्थित पेन्टहाउसमा गोली हानी हत्या गरिएको थियो।

फाँसीमा एक विपक्षी
स्पेनमा ५५ वर्षीय सर्गेई प्रोटोसेन्याको शव झुण्डिएको अवस्थामा फेला परेको छ । मार्चमा, रुसी अर्बपति भासिली मेलनिकोभ, उनकी श्रीमती र दुई छोराको शव निज्नी नोभगोरोडको एक विलासी अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेका थिए।

उनको शरीरमा चोटपटक भेटिएको थियो । प्रहरीले घटनामा मेलनिकोले पहिले परिवारको हत्या र त्यसपछि आत्महत्या गरेको बताएको थियो । यद्यपि छिमेकीहरूले यसलाई विश्वास गरेका छैनन् । उनीहरू मेल्निकोको परिवारसँग राम्रो सम्वन्ध रहेको र कहिल्यै विवाद नभएको बताउँछन् ।