जनता टाइम्स

१३ पुष २०७९, बुधबार १४:१७

हरिवंश आचार्यको ‘हाम्महाम्म’ सार्वजनिक (भिडियो)


काठमाडौं, १३ पुस । वरिष्ठ लाकार हरिवंश आचार्यले आफ्नै रचना तथा गायनमा गीत सार्वजनिक गर्नुभएको छ ।

सार्वजनिक ‘हाम्म हाम्म’ बोल रहेको गीतमा संगीत राजनराज शिवाकोटीले दिएका छन् । एनिमेशन भिडियोमा देशमा व्याप्त भष्ट्राचारले परिरहेको असरलाई चित्रण गरिएको छ । गीतले विकास सुस्त र भ्रष्टाचार गतिशील भएकोप्रति व्यंग्य गरेको छ ।

भिडियोको एनिमेशन निर्देशक अर्जुन पोखरेलले गर्नुभएको छ भने यसको कथा दिपक आचार्यले तयार पार्नुभएको हो । यसमा नारायण जिसीको छायांकन तथा विनोद ढकालको थ्रीडीसँगै सम्पादन रहेको छ ।