जनता टाइम्स

२६ श्रावण २०७६, आईतवार १६:२४

खेम र जानकीको ‘छप्पै माया लै लै’ टिकटकमा भाइरल


काठमाडौं, साउन २६

पछिल्लो समयमा व्यापक चर्चामा आएका सर्जक तथा गीतकार खेम सेन्चुरीको आवाजमा तीज गीत ‘छप्पै माया लै लै’ ले बजार चुलिएको छ । लोकप्रिय गायिका जानकी तारामी मगरको तीज गीत “छप्पै माया लै लै” एक महिना अगाडी निस्किएको यस गीत हाल युट्युव र टिकटकमा भाइरल भएको हो ।

खेम सेन्चुरीको लय, शब्द तथा आवाज रहेको उक्त भिडियोमा पनि सेन्चुरी नै रहेका छन् । भिडियो गायिका मगरको आफ्नै युट्युव च्यानलबाट सार्बजनिक भएको हो । सेन्चुरीलाई गायिका मगरले आबाज तथा अभिनयमा साथ दिएको देखिन्छ । गीतको संगीत संयोजन आशिष अविरल, बिष्णु शर्माले सम्पादन र गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् ।