काठमाडौं, १३ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता डा। दिनमणि पोखरेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ ।
सरकारको सिफारिसमा उनले बुधबार पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।
‘राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम झिमरूक गाउँपालिका वडा नं. ४, प्युठान जिल्ला निवासी अधिवक्ता डा। दिनमणी पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ,’ प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।













प्रतिक्रिया दिनुहोस्