काठमाडौं, १४ पुस । महान्यायाधिवक्ता डा. दिनमणि पोख्रेलले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोख्रेललाई शपथ खुवाउनुभएको हो । शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित हुनुहुन्थ्यो ।
प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले हिजो पोख्रेललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको थियो ।
अधिवक्ता पोख्रेल लामो समयदेखि माओवादी निकट रहनुभएको कानुन व्यवसायमा संलग्न हुनुहुन्छ । केपी ओलीले प्रतिनिधिसभा विघटन गर्दा पोख्रेलले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा बहस गर्नुभएको थियो । महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार हो ।













प्रतिक्रिया दिनुहोस्