जनता टाइम्स

२६ श्रावण २०७६, आईतवार १७:१७

युट्युव ट्रेन्डिङको २ नम्बरमा पुग्यो प्रचण्डकी नातिनी स्मीताको ‘मायालु तिमी कता छौ’ बोलको गीत


काठमाडौं, साउन २६

निकै चर्चामा रहेको ‘मायालु तिमी कता छौ’ बोलको गीत यतिबेला युट्यूवको नेपाल ट्रेन्डिङ २ मा रहेको छ । ४ दिन अगाडी मात्रै सार्वजनिक गीतलाई २३ लाख ४९ हजार ८२८ पटक भन्दा बढी हेरिएको छ । ‘द कार्टुन कृउ’द्धारा निर्मित गीत यति बेला युट्यव, टिकटक लगायत सामाजिक सञ्जालमा निकै चर्चित बनेको हो । उत्कृष्ट शब्द र संगीतका कारण गीत चर्चामा रहेको बताइन्छ ।

गीतको बोललाई सर्वाधिक रुचाइएको रनिर्माण टिमले पनि गीतलाई निकै मिहेनत गरेर निर्माण गरेको बताएको छ । गीतमा नेकपा अध्यक्ष प्रचण्डकी नातिनी गायिका स्मीता दाहाल र राजनराज सिवाकोटीको आवाज रहेको छ । दिनेश थपलियाको शब्द र सिवाकोटीको संगीत रहेको यो गीतमा सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय रहेको छ ।