जनता टाइम्स

१४ पुष २०७९, बिहीबार १७:४४

प्रभु साहको अध्यक्षतामा ‘आम जनता पार्टी’ घोषणा


काठमाडौं, १४ पुस । प्रभु साहले नयाँ पार्टी घोषणा गर्नुभएको छ । माओवादीबाट एमाले हुँदै स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका साहले आफ्नै अध्यक्षतामा ‘आम जनता पार्टी’ घोषणा गर्नुभएको हो । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा नयाँ पार्टी घोषणा गरिएको हो ।

१५१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ । नेकपा खारेजसँगै एमाले र माओवादी आआफ्नो अस्तित्वमा फर्किंदा उहाँ एमालेमै रहनुभएको थियो भने गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । उहाँ रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हो ।