जनता टाइम्स

१५ पुष २०७९, शुक्रबार ०७:५३

सुदूरपश्चिम प्रदेशसभाका सांसदको शपथ आज


धनगढी, १५ पुस । सुदूरपश्चिमका प्रदेशसभा सदस्य (सांसद) को शपथग्रहण आज शुक्रबार रहेको छ । प्रदेशसभाका ज्येष्ठ सांसद मानबहादुर रावलले दिउँसो १ बजे प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्नुहुनेछ ।

त्यसपछि रावलले दिउँसो साढे १ बजे अन्य ५२ जना सांसदलाई शपथ ग्रहण गराउनु हुनेछ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार शपथ ग्रहणका लागि तयारी पूरा भइसकेको छ ।

नागरिक उन्मुक्ति पार्टीका पाँच जना र नेपाली कांग्रेसकी समानुपातिक सांसद गीता चौधरीले मातृ भाषामा शपथ ग्रहणका लागि नाम टिपाउनुभएको छ। अन्यले नेपाली भाषामै शपथ ग्रहण गर्नुहुनेछ ।