काठमाडौं, पुस १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तले भेटबार्ता गर्नुभएको छ ।
प्रधानमन्त्र निवास बालुवाटारमा आज भएको शिष्टाचार भेटबार्तामा भारतीय राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री दाहाललाई पठाउनु भएको बधाईसहितको पत्र हस्तान्तरण गर्नुभएको छ ।

भेटमा उहाँहरुबीच नेपाल र भारतबीचको स्म्बन्धको बिबिध आयामबारे समेत छलफल भएको छ । भेटमा प्रधानमन्त्री दाहालले आज मात्रै भारतीय प्रधानमन्त्री मोदीको आमाको दुःद निधनप्रति गहिरो समवेदनमा प्रकट गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्