जनता टाइम्स

२६ श्रावण २०७६, आईतवार १९:५३

पर्यटनमन्त्री योगेश भट्टराईले मागे बिश्वभर रहेका प्रवासी नेपालीसँग सहयोग


काठमाडौं, साउन २६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण बर्ष, २०२०’ अभियानलाई दृढतापुर्वक सघाउन स्वदेश तथा बिदेशमा रहेका नेपालीलाई अपिल गर्नुभएको छ । नेपाल भ्रमण बर्ष २०२० को संयोजकसमेत रहनुभएका मनत्री भट्टराईले आज अपिल जारी गर्दै सघाउन आग्रह गर्नुभएको हो ।

मन्त्री भट्टराईले एक अनुरोध पत्र सार्वजनिक गर्दै मन्त्री भट्टराईले फेसबुक, वेभसाइट, ट्वीटर र इनिष्टाग्रामलगायतका सामाजिक सञ्जालमा अभियानको लोगो राखिदिन आग्रह गर्नुभएको छ । अभियानलाई विश्वस्तरमा तथा नेपालभर प्रचार प्रसार गरी अनुपम प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको एक प्रमुख गन्तव्यको रुपमा विश्व पर्यटन बजारमा नेपाललाई दिगो रुपमा स्थापित गर्नका लागि सहयोग पुर्याउन मन्त्री भट्टराईले आग्रह गर्नुभएको छ ।

‘स्वदेश तथा बिदेशमा रहनुभएका समस्त नेपाली दाजुभाई, दिदी बहिनीहरुले नेपाल भ्रमण बषए २०२० भियानलाई प्रारम्भिक रुपमा सहयोग गर्नका लागि आफूले प्रयोग गर्ने (नीजि तथा आफ्ना संघ/संस्थाहरुको समेत) सामाजिक सञ्जाल (वेभसाइड, फेसबुक, ट्वीटर, इन्स्टाग्राम, लगायतमा यस अभियानको लोगो राखिदिनहुन तथा सार्वजनिक एवं नीजि क्षेत्रका संगठित संस्थाहरुले पनि यस कार्यलाई उत्साहकासाथ साथ दिनुहुन हार्दिक अनुरोध छ,’ मन्त्री भट्टराईको अपिलमा भनिएको छ ।