जनता टाइम्स

१५ पुष २०७९, शुक्रबार १८:१९

उर्फी जावेदको ड्रेसले फेरि मच्चायो बबाल, (हेर्नुहोस तल भिडियो)


एजेन्सी, १५ पुस । बिग बोस ओटीटी प्रतियोगी उर्फी जावेदले सामाजिक सञ्जालमा आगो झोसेर यो कडा चिसोमा गर्मीको आभास गराएकी छन् । उर्फीको टपलेस भिडियोले सामाजिक सञ्जालमा फेरि एकपटक दनदनी आगो बालेको छ ।

उर्फीको नयाँ भिडियो इन्टरनेटमा सार्वजनिक भएको छ, जसमा उनी टपलेस देखिएकी छिन् । यसले उनका फ्यानहरु माझ फेरी चर्चा पाएको छ । आफ्नो शरीर ढाक्नका लागि उनले हिराको पथ्थरले बनेको लामो नेकलेस प्रयोग गरेकी छिन् । योसँगै उनले कालो रंगको छोटो स्कर्ट लगाएकी छिन्, जसको छेउमा नेट लगाइएको छ ।

यससँगै उनले जुरा बनाएर आफूलाई स्टाइलिस पारेकी छन् । उनको चम्किलो मेकअपले उनलाई झनै सुन्दर बनाएको छ । उर्फीले हाई हिल लगाएर आफ्नो लुकलाई पूरक बनाएकी छिन् । उनको यो भिडियोले सधैं झैं मानिसको उडाएको छ ।

वास्तवमा उर्फी जावेद आफ्ना विशेष साथीहरूसँग नयाँ वर्षअघि डिनर गर्न मुम्बईको एउटा रेष्टुरेन्टमा पुगेकी थिइन् । यस क्रममा उर्फीलाई देखेर पापाराजीले उनलाई फेरि आफ्नो क्यामेरामा कैद गर्ने मौका छोडेनन् । उर्फी बारम्बार रोकिएको र पापाराजीको लागि पोज दिइरहेको देखिन्छ।

यसले उर्फी फेरि ट्रोलको निशानामा परेकी छन् । उनको यो भिडियोलाई लिएर प्रयोगकर्ताहरुले उनलाई ट्रोल गरिरहेका छन् । भिडियोमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘उहाँलाई चिडियाखानामा बन्द गर्नुपर्छ, यसरी उनी खुलेर घुमिरहेकी छन् र बच्चाहरूलाई बिगारिरहेकी छन्।’

अर्का एकजनाले लेखे, ‘यो आफ्नै छुट्टै संसार हो . . . जसमा यो फेसन शिक्षिका आफैं र विद्यार्थी आफैं हुन्।’ उर्फीको भिडियोमा यस्ता धेरै कमेन्टहरु आइरहेका छन् ।