जनता टाइम्स

१६ पुष २०७९, शनिबार १३:३५

फेरि बालकोट पुगे गृहमन्त्री रवि


काठमाडौं, पुस १६ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास पुग्नुभएको छ ।

पूर्वप्रधानमन्त्री ओलीसँग गृह प्रशासनले सुधार गर्नुपर्ने बिषयमा आफ्नो योजनासहित सुझाव लिन आज अध्यक्ष ओलीको निवास बालकोट पुग्नुभएको हो ।

उहाँहरुबीच सरकारका न्यूनतम साझा कार्यक्रम र मन्त्रालय बाँडफाँट र गृह मन्त्रालयले सुधार गर्नुपर्ने कामको बिषयमा छलफल भएको छ ।

सो अवसरमा एमाले नेता एवं कञ्चनपुर १ बाट निर्वाचित सांसद तारा लामा तामाङले बेलौरी नपा १ र २ मा यही पौष ६,१२ र १६ गते बिहान भारतिय लुटेराहरुले गरेको लुट्पाटको घटना र सिमा ब्यबस्थापनसहित बिबिध बिषयमा जानकारी गराई आवश्यक ध्यानाकर्षण गराउनु भएको छ ।

यसअघि शनिबार बिहान नै गृहमन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्रीसँगको छलफलपछि लामिछाने बालकोट जानुभएको हो ।