जनता टाइम्स

२७ श्रावण २०७६, सोमबार ०८:२६

समाजवादको आधार तयार गर्ने दिशा अनुरुप आफूलाई परिस्कृत गर्न प्रचण्डको अपिल


काठमाडौं, साउन २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले समाजवादको आधार तयार गर्ने दिशा अनुरुप आफूलाई परिस्कृत गर्न सवै नेपालीलाई आव्हान गर्नुभएको छ । इस्लाम धर्माबलम्बीहरुको महान् चाड इद–उल–अजहा (बकर ईद) को अवसरमा शुभकामना दिँदै प्रचण्डले सो आह्वान गर्नुभएको हो ।

‘नेपाल बहुभाषिक, बहुसांस्कृतिक र विभिन्न धार्मिक समुदायहरुको साझा भूमि हो । देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपाली जनताको पहिचान र विशेषता हो । नेपाली जनताको राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूत गर्ने वर्तमान संविधानले सबै धर्महरुको उत्तिकै सम्मान गरेको छ । धार्मिक सहिष्णुताको चेतनाका लागि नेपाली समाज एक उदाहरणीय समाजका रुपमा गनिन्छ,’ प्रचण्डले सन्देशमा भन्नुभएको छ ।

उहाँले पुरानो सोच बदलेर नयाँ सोच स्थापित गर्नु आजको चुनौती भएको पनि बताउनुभएको छ । ‘पुराना सोच, संरचना, मुल्य र मान्यतालाई व्यवहारतः विस्थापित गरि नयाँ सोच, मुल्य, मान्यता र संस्कृति अघि बढाउने चुनौती हामी सामु छ ।
समाजवादको आधार तयार गर्ने दिशा अनुरुप आफूलाई परिस्कृत गर्न आव्हान गर्दै यस पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु,’ शुभकामनामा अध्यक्ष प्रचण्डले भन्नुभएको छ ।


यस्तो छ शुभकामना

इस्लाम धर्माबलम्बीहरुको महान् चाड इद–उल–अजहा ९बकर ईद० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल बहुभाषिक, बहुसांस्कृतिक र विभिन्न धार्मिक समुदायहरुको साझा भूमि हो । देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपाली जनताको पहिचान र विशेषता हो ।

नेपाली जनताको राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूत गर्ने वर्तमान संविधानले सबै धर्महरुको उत्तिकै सम्मान गरेको छ । धार्मिक सहिष्णुताको चेतनाका लागि नेपाली समाज एक उदाहरणीय समाजका रुपमा गनिन्छ । पुराना सोच, संरचना, मुल्य र मान्यतालाई व्यवहारतः विस्थापित गरि नयाँ सोच, मुल्य, मान्यता र संस्कृति अघि बढाउने चुनौती हामी सामु छ ।

समाजवादको आधार तयार गर्ने दिशा अनुरुप आफूलाई परिस्कृत गर्न आव्हान गर्दै यस पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु ।

२६ साउन, २०७६
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष